रुकुम पश्चिम |

पूर्व अर्थमन्त्री जनार्दन शर्मा गृह जिल्ला रुकुम पश्चिम पुगेका बेला आज नेपाली कम्युनिस्ट पार्टी (प्रचण्ड पक्ष) का कार्यकर्ताहरूले कालो झण्डा देखाउँदै तिखो विरोध प्रदर्शन गरेका छन्।

शर्माले केही समयअगाडि नेपाल प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेको घोषणा गरेपछि पुराना सहयात्रीहरू नै सडकमा उत्रिएका हुन्।

शर्मा जिल्ला प्रवेश गरेसँगै विरोधी  कार्यकर्ता हरुले

“कम्युनिस्ट आन्दोलन बेच्न पाइँदैन!”

“प्रचण्डपथ धरापमा पर्न दिन्नौं!”

“जनार्दन शर्माको अवसरवादी राजनीति बन्द गर!”

जस्ता कडा नाराबाजी गरे।

विरोधकर्ताहरूको आरोप छ— शर्मा व्यक्तिगत स्वार्थका कारण प्रगतिशील आन्दोलनबाट अलगिए, जसले देशभरका समर्पित कार्यकर्ताको भावना कुठाराघात भएको छ।

एक प्रदर्शनकारीले भनिन्—

“हामी प्रचण्डसँग छौँ। जनताको भरोसा तोड्नेहरूलाई कम्युनिस्ट आन्दोलनले अस्वीकार गर्छ।”

यता, सुरक्षाकर्मीको कडा निगरानीबीच शर्मा आफ्ना कार्यक्रमहरूमा सहभागी हुँदै  उनका एककार्यकर्ता ले  प्रतिक्रिया दिए।

उनले भने—

“देश नयाँ वैकल्पिक राजनीतिक खोजमा छ। हामी जनताको समृद्धिका लागि नयाँ मार्ग लिएका हौँ। आलोचना र समर्थनलाई समान रूपले ग्रहण गर्दछु।”

राजनीतिक विश्लेषकहरूको भनाइ अनुसार, प्रचण्ड–शर्मा सम्बन्धमा देखिएको टकरावले देशभर कम्युनिस्ट राजनीति पुनः ध्रुवीकरणतर्फ उन्मुख भएको संकेत गर्छ।

रुकुमजस्तो कम्युनिस्ट बलियो आधार रहेको जिल्लामा यस्तो विरोध प्रदर्शन हुनु स्वतः महत्वपूर्ण राजनीतिक सन्देश मानिएको छ।

स्थानीयहरूका अनुसार, आगामी चुनावमा यस घटनाले भोट बैंकदेखि पार्टी संरचनासम्म ठूलो प्रभाव पार्ने सम्भावना छ। वर्तमान परिस्थितिमा दुवै धारबीच संवाद र सहमतिको मार्ग चुनौतीपूर्ण देखिन्छ।