विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि अध्यक्षको प्रतिबद्धता
बुलिङटार २६ जेष्ठ । बुलिङटार गाउँपालिका कार्यालयको आयोजनामा सञ्चालित ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।
कार्यक्रम बुलिङटार गाउँपालिका वडा नं ६ अवस्थित श्री शिव मा.वि.मा बुलिङटर गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरको अध्यक्षतामा र शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख श्री बुद्ध प्रसाद रानाभाटको प्रमुख अतिथिमा भएको थियो ।
स्थानीय तहका विद्यार्थीहरूको समस्या पहिचान गर्ने र विद्यालयको शैक्षिक स्तर सुधार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले सोझै अध्यक्षसँग संवाद गरेका थिए ।कार्यक्रममा उपस्थित विद्यार्थीहरूले आफ्नो विद्यालयमा भोग्नुपरेका विभिन्न समस्याहरू खुलेर राखेका थिए ।
उनीहरूले मुख्य गरी …
बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
बुलिङटार १९ जेष्ठ । मगर दुत (भाषा) मा समेत पठनपाठन गर्ने गराउने गरी स्थानीय विषयको पाठ्यक्रम तथा कक्षा १ को पाठ्यपुस्तक (मगर र नेपाली भाषामा) लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गाउँपालिका सभा हलमा सम्पन्न गरियो ।
बुलिङटार गाउँपालिकाको आयोजनामा र मगर आदिवासी प्राज्ञिक प्रतिष्ठान काठमाडौंको समन्वयमा बुलिङटार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरको अध्यक्षतमा गाउँ सभा हलमा सम्पन्न भएको थियो ।
यस कार्यक्रमा पालिका भित्रका सबै मा.वि तहको स्कुलका प्रधानाध्यापकहरुको उपस्थिति जनाएका थिए । साथै यस कार्यक्रम बुलिङटार गाउँपालिका जनप्रतिनिधि एवं कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमा मगर जातिको जनसङ्ख्या धेरै भएकोले र …
नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती आम्दानीको प्रमुख स्रोत बन्दै
नवलपुर १७ वैशाख । नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ । पहाडी भू–वनोटमा अन्यखेती राम्रोसँग नहुने भएपछि अम्रिसो खेतीतर्फ लागेका किसानले यसबाट राम्रो आम्दानी लिन थालेका छन् । जिल्लाका हुप्सेकोट, बौदीकाली, बुलिङटार, गैँडाकोट, मध्यविन्दु तथा विनयी त्रिवेणी गाउँपालिकाका पहाडी क्षेत्रमा अम्रिसो खेती गरिँदै आएको छ ।
डिभिजन वन कार्यालय नवलपुरमार्फत कबुलियती वनमा अम्रिसो खेतीलाई प्रोत्साहन गरिएपछि पहाडका पाखाहरू हराभरा मात्र बनेका छैनन्, स्थानीय बासिन्दाको आयआर्जनको भरपर्दो आधारसमेत बन्न पुगेको छ । जिल्लामा एक सय २१ वटा समूहले कबुलियती वनमार्फत अम्रिसो खेतीगरिरहेको कबुलियती वन विकास …
बुलिङटार गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह सम्पन्न
बुलिङटार १४ वैशाख । बुलिङटार गाउँपालिकामा “बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार” भन्ने मूल नाराका साथ “पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह” भव्यताका साथ सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्षज्यूको अध्यक्षतामा आयोजित यस विशेष कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का कार्यालय प्रमुख श्री केशव प्रसाद चापागाईं ज्यूको प्रमुख विशेष उपस्थितिमा कार्यक्रम भएको हो ।
कार्यक्रममा पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरू, खोप फोकल पर्सनहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू तथा पालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
पालिकाका सम्पूर्ण बालबालिकाहरूलाई पूर्ण खोपको पहुँचमा पुर्याई यसको निरन्तरता र दिगोपना सुनिश्चित गर्नका लागि …
शुक्रबार साँझ चट्याङ लाग्दा बुलिङटार र तनहुँको दुई महिला घाइते
तनहुँ ०९ वैशाख । तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा शुक्रबार साँझ चट्याङ लाग्दा नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका–१ बस्ने वर्ष ३५ की भीमकुमारी थापा र तनहुँको व्यास नगरपालिका–१४ रुम्सी बस्ने वर्ष ६७ की पुरनमाया थापा घाइते भएको छ ।
करिब साँझ ६ः१० बजेको समयमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि दमौलीस्थित प्रादेशिक अस्पताल ल्याइएको थियो । प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरिएता पनि उहाँहरूको अवस्थालाई हेरी थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) अस्पताल रिफर गरिएको परिवारले बताएका छन् ।
बुलिङटार गाउँपालिकाको आयोजनामा “कक्षा १-३ मा अध्यापनरत शिक्षकहरूको लागि एकीकृत पाठ्यक्रममा आधारित कस्टमाइज्ड तालिम”सम्पन्न
बुलिङटार ०१ वैशाख । गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले २०८३ बैशाख २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिएको कक्षा १–३ मा अध्यापनरत शिक्षकहरूका लागि “एकीकृत पाठ्यक्रममा आधारित ३ दिवसीय कस्टमाइज्ड तालिम” सफलतापूर्वक सम्पन्न भएको छ ।
तालिममा एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, बालमैत्री शिक्षण विधि तथा कक्षाकोठामा प्रयोग गर्न सकिने विविध सिकाइ सहजीकरण सम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको थियो । यसले शिक्षकहरूको पेशागत क्षमता विकास भई विद्यालय शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तालिमको समापन सत्रमा गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र सुनारीज्यू प्रमुख अतिथिका रूपमा उपस्थित भई शिक्षाको गुणस्तर …
नेपाल मगर संघ गैंडाकोट नगर समितिकाे २७औं साधारणसभा
बुलिङटार,
नेपाल मगर संघ गैंडाकोट नगर समितिको २७औं साधारणसभा सम्मान भएकाे छ । गैंडाकोट नगरपालिका वडा नं ३ तत्रिबास भुयरथानकाे परिसारमा भएकाे बार्षिक साधारणसभामा समितिका अध्यक्ष दुर्गा बहादुर पुनकाे अध्यक्षतामा भएकाे सभा नेपाल मगर संघ गण्डकी प्रदेश का काेषाध्यक्ष उत्तम प्रसाद बकावल मगर प्रमुख अतिथिमा साथै नेपाल मगर संघ नवलपुर जिल्लाका उपाध्यक्ष लगायतका विभिन्न अतिथिहरु रहेकाे सभामा एक बर्षा भरिकाे अयविय र कार्यक्रमहरुकाे बारेमा सचिव र काेषाध्यक्ष ले प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि बकावल मगर ले आफ्नो हक र अधिकारका लागि मगरहरु एक जुट भएर जानुपर्ने …
अख्तियारको आयोजनामा चौरजहारीमा सुशासन प्रवर्द्धन अन्तरक्रिया हुने
रुकुम पश्चिम । गोपाल खडका
नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतको आयोजनामा “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन” विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार आउँदो मंसिर २१ गते आइतबार नगरपालिकाको सभा हलमा दिउँसो १२ बजेदेखि अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतका प्रतिनिधिहरूले सहजीकरण गर्नेछन्।
कार्यक्रममा नगर कार्यपालिका सदस्यहरू, शाखा/उपशाखा/इकाइ तथा फाँट प्रमुखहरू, माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरू, स्थानीय गैरसरकारी संघ–संस्था तथा नागरिक समाजका प्रतिनिधिहरू, वन तथा खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरू, साथै स्थानीय तथा संघीय–प्रादेशिक सरकारी कार्यालयका प्रमुखहरू सहभागी हुने जनाइएको …
चौरजहारी नगरपालिकामा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम
चौरजहारी नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय अन्तर्गत नव नियुक्त तथा सरुवा भई आएका कर्मचारीहरूको सम्मानमा आज एक स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमकाे बारेमा जानकारी दिँदै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले नगर सेवामा नयाँ ऊर्जा थपिएको बताए। स्वागत प्राप्त गर्नेहरूमा शहीदस्मृति नगर अस्पतालका नव नियुक्त मेडिकल अधिकृत डा. दिनेश शाह, जनस्वास्थ्य अधिकृत भीमबहादुर कुमाल तथा कुमाख गाउँपालिका सल्यानबाट सरुवा भएर आएका असिस्टेन्ट सब–इन्जिनियर गोविन्द भण्डारी रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पुष्प वादीले तीन जना नयाँ सदस्य थपिएसँगै सेवाग्राहीले अझै प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे। उनले “नगरपालिका …
रुकुम पश्चिम सानीभेरीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया हुने
रुकुम पश्चिम, गोपाल खड्का
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको आयोजनामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सानीभेरी गाउँपालिकामा हुने भएको छ।
गाउँपालिकाको सभाहलमा आउँदो मंसिर २२ गते सोमबार बिहान १०:०० बजेदेखि सुरु हुने कार्यक्रमबारे गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै जानकारी गराएको छ।
कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सबै शाखा प्रमुखहरू, गाउँपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.)का अध्यक्ष तथा प्रधानाध्यापकहरू, स्थानीय गैरसरकारी संघ–संस्था तथा नागरिक समाजका प्रतिनिधिहरू, वन तथा खानेपानी उपभोक्ता समिति लगायतका स्थायी प्रकृतिका उपभोक्ता समितिका पदाधिकारीहरू, संघीय, प्रादेशिक तथा स्थानीय तहका …
