विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि अध्यक्षको प्रतिबद्धता

बुलिङटार २६  जेष्ठ । बुलिङटार गाउँपालिका कार्यालयको आयोजनामा सञ्चालित ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।
कार्यक्रम बुलिङटार गाउँपालिका वडा नं ६ अवस्थित श्री शिव मा.वि.मा बुलिङटर गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरको अध्यक्षतामा र शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख श्री बुद्ध प्रसाद रानाभाटको प्रमुख अतिथिमा भएको थियो ।
स्थानीय तहका विद्यार्थीहरूको समस्या पहिचान गर्ने र विद्यालयको शैक्षिक स्तर सुधार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले सोझै अध्यक्षसँग संवाद गरेका थिए ।कार्यक्रममा उपस्थित विद्यार्थीहरूले आफ्नो विद्यालयमा भोग्नुपरेका विभिन्न समस्याहरू खुलेर राखेका थिए ।
उनीहरूले मुख्य गरी …

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुलिङटार १९ जेष्ठ । मगर दुत (भाषा) मा समेत पठनपाठन गर्ने गराउने गरी स्थानीय विषयको पाठ्यक्रम तथा कक्षा १ को पाठ्यपुस्तक (मगर र नेपाली भाषामा) लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गाउँपालिका सभा हलमा सम्पन्न गरियो ।
बुलिङटार गाउँपालिकाको आयोजनामा र मगर आदिवासी प्राज्ञिक प्रतिष्ठान काठमाडौंको समन्वयमा बुलिङटार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरको अध्यक्षतमा गाउँ सभा हलमा सम्पन्न भएको थियो ।
यस कार्यक्रमा पालिका भित्रका सबै मा.वि तहको स्कुलका प्रधानाध्यापकहरुको उपस्थिति जनाएका थिए । साथै यस कार्यक्रम बुलिङटार गाउँपालिका जनप्रतिनिधि एवं कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमा मगर जातिको जनसङ्ख्या धेरै भएकोले र …

नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती आम्दानीको प्रमुख स्रोत बन्दै

नवलपुर  १७ वैशाख । नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ । पहाडी भू–वनोटमा अन्यखेती राम्रोसँग नहुने भएपछि अम्रिसो खेतीतर्फ लागेका किसानले यसबाट राम्रो आम्दानी लिन थालेका छन् । जिल्लाका हुप्सेकोट, बौदीकाली, बुलिङटार, गैँडाकोट, मध्यविन्दु तथा विनयी त्रिवेणी गाउँपालिकाका पहाडी क्षेत्रमा अम्रिसो खेती गरिँदै आएको छ ।
डिभिजन वन कार्यालय नवलपुरमार्फत कबुलियती वनमा अम्रिसो खेतीलाई प्रोत्साहन गरिएपछि पहाडका पाखाहरू हराभरा मात्र बनेका छैनन्, स्थानीय बासिन्दाको आयआर्जनको भरपर्दो आधारसमेत बन्न पुगेको छ । जिल्लामा एक सय २१ वटा समूहले कबुलियती वनमार्फत अम्रिसो खेतीगरिरहेको कबुलियती वन विकास …

बुलिङटार गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह सम्पन्न

बुलिङटार १४ वैशाख । बुलिङटार गाउँपालिकामा “बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार” भन्ने मूल नाराका साथ “पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह” भव्यताका साथ सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्षज्यूको अध्यक्षतामा आयोजित यस विशेष कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का कार्यालय प्रमुख श्री केशव प्रसाद चापागाईं ज्यूको प्रमुख विशेष उपस्थितिमा कार्यक्रम भएको हो ।
कार्यक्रममा पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरू, खोप फोकल पर्सनहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू तथा पालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
पालिकाका सम्पूर्ण बालबालिकाहरूलाई पूर्ण खोपको पहुँचमा पुर्‍याई यसको निरन्तरता र दिगोपना सुनिश्चित गर्नका लागि …

शुक्रबार साँझ चट्याङ लाग्दा बुलिङटार र तनहुँको दुई महिला घाइते

तनहुँ ०९ वैशाख । तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा शुक्रबार साँझ चट्याङ लाग्दा नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका–१ बस्ने वर्ष ३५ की भीमकुमारी थापा र तनहुँको व्यास नगरपालिका–१४ रुम्सी बस्ने वर्ष ६७ की पुरनमाया थापा घाइते भएको छ ।
करिब साँझ ६ः१० बजेको समयमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि दमौलीस्थित प्रादेशिक अस्पताल ल्याइएको थियो । प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरिएता पनि उहाँहरूको अवस्थालाई हेरी थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) अस्पताल रिफर गरिएको परिवारले बताएका छन् ।

बुलिङटार गाउँपालिकाको  आयोजनामा “कक्षा १-३ मा अध्यापनरत शिक्षकहरूको लागि एकीकृत पाठ्यक्रममा आधारित कस्टमाइज्ड तालिम”सम्पन्न

बुलिङटार ०१ वैशाख । गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले २०८३ बैशाख २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिएको कक्षा १–३ मा अध्यापनरत शिक्षकहरूका लागि “एकीकृत पाठ्यक्रममा आधारित ३ दिवसीय कस्टमाइज्ड तालिम” सफलतापूर्वक सम्पन्न भएको छ ।

तालिममा एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, बालमैत्री शिक्षण विधि तथा कक्षाकोठामा प्रयोग गर्न सकिने विविध सिकाइ सहजीकरण सम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको थियो । यसले शिक्षकहरूको पेशागत क्षमता विकास भई विद्यालय शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तालिमको समापन सत्रमा गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र सुनारीज्यू प्रमुख अतिथिका रूपमा उपस्थित भई शिक्षाको गुणस्तर …

नेपाल मगर संघ गैंडाकोट नगर समितिकाे २७औं साधारणसभा

बुलिङटार,
नेपाल मगर संघ गैंडाकोट नगर समितिको २७औं साधारणसभा सम्मान भएकाे छ । गैंडाकोट नगरपालिका वडा नं ३ तत्रिबास भुयरथानकाे परिसारमा भएकाे बार्षिक साधारणसभामा समितिका अध्यक्ष दुर्गा  बहादुर पुनकाे अध्यक्षतामा भएकाे सभा नेपाल मगर संघ गण्डकी प्रदेश का काेषाध्यक्ष उत्तम प्रसाद बकावल मगर प्रमुख अतिथिमा साथै नेपाल मगर संघ नवलपुर जिल्लाका उपाध्यक्ष लगायतका विभिन्न अतिथिहरु रहेकाे सभामा एक बर्षा भरिकाे अयविय र कार्यक्रमहरुकाे बारेमा सचिव र काेषाध्यक्ष ले प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि बकावल मगर ले आफ्नो हक र अधिकारका लागि मगरहरु एक जुट भएर जानुपर्ने …

व्यस्त जिम्मेवारीका बीच पनि प्रथम श्रेणीमा डिग्री परीक्षा मा के सी उत्तीर्ण

कर्णाली प्रदेश
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशकी संयोजक बिमला के.सी.ले व्यस्त राजनीतिक तथा सामाजिक जिम्मेवारीका बीच पनि डिग्री तहको परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गर्न सफल हुनुभएको छ।
हाल पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा विभिन्न राजनीतिक जिम्मेवारीमा सक्रिय रहँदै आउनु भएकी संयोजक के.सी.ले सीमित समयको सदुपयोग गर्दै अध्ययनलाई निरन्तरता दिँदै आउनुभएको थियो। उहाँले “व्यस्त जिम्मेवारीका बीच दिइएको डिग्री परीक्षामा प्रथम श्रेणी ल्याएर पास हुन पुगेछु” भन्ने प्रतिक्रिया सार्वजनिक गर्नुभएको छ।
संयोजक के.सी.को यो सफलतालाई कर्णाली प्रदेशभित्रका राजनीतिक वृत्त, शिक्षाप्रेमी तथा युवाहरूले प्रेरणादायी उपलब्धिका रूपमा लिएका छन्। राजनीति र अध्ययन दुवैलाई सँगसँगै अघि …

राजु लामिछानेलाई रुकुम पश्चिम खबर डटकमद्वारा सम्मान

रुकुम पश्चिम
डिजिटल पत्रकारितामा निरन्तर सक्रियता जनाउँदै आएका
मुलपटि डटकमका सम्पादक राजु लामिछाने
लाई आज रुकुम पश्चिम खबर डटकमले
विशेष सम्मान प्रदान गरेको छ।
सूचना, सञ्चार तथा डिजिटल पत्रकारिताको विकासका लागि
लामिछानेले पुर्‍याउँदै आएको निष्पक्ष, तथ्यपरक र जिम्मेवार योगदान,
युवा पत्रकारलाई प्रोत्साहन गर्ने नेतृत्व क्षमता,
र समाचार क्षेत्रप्रति देखाइएको समर्पणलाई उच्च सम्मान गर्दै
उनीलाई सम्मान–प्रमाणपत्रसँगै सम्मानजनक सामग्री (सामान)
समेत हस्तान्तरण गरिएको हो।
सम्मानका क्रममा रुकुम पश्चिम खबर डटकमका प्रतिनिधिहरूले
लामिछानेले पछिल्लो समय डिजिटल प्लेटफर्ममार्फत
तथ्यपरक खबर, समाजको वास्तविकता उजागर गर्ने सामग्री
र समुदायमुखी समाचार प्रस्तुत गर्दै
स्थानीय पत्रकारितालाई बलियो बनाएको उल्लेख गरे।
यस अवसरमा
रुकुम पश्चिम खबर डटकमका सञ्चालक नवराज के सी
ले भने:
“निष्पक्ष पत्रकारिता गर्ने, समाजमा सकारात्मक …

रुकुम पश्चिम, सानीभेरी–११ रानिचौरस्थित ज्ञानकुञ्ज आधारभूत विद्यालयमा शौचालय अभाव, विद्यार्थी खेत–जंगलतिर शौच गर्न बाध्य

रुकुम पश्चिम / गोपाल खड्का

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–११, रानिचौरमा रहेको ज्ञानकुञ्ज आधारभूत विद्यालयका विद्यार्थीहरू शौचालय पुनःनिर्माण नहुँदा गम्भीर समस्यामा परेका छन्।
दुई वर्षअघि आएको भूकम्पले विद्यालयको शौचालय भत्काएपछि अहिलेसम्म पुनःनिर्माण नहुँदा विद्यार्थीहरू खेतबारी तथा जंगलतिर जान बाध्य भएका हुन्। करिब ८/९ वर्षअघि निर्माण गरिएको पुरानो शौचालय वर्षा र क्षतिका कारण जीर्ण बन्दै गएर २०८० कात्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्णरुपमा भत्काएपछि स्थिति झन गम्भीर बनेको विद्यालयकी प्रधानाध्यापक विनिता खड्काले बताउनुभयो।
“विद्यालयमा शौचालय छैन, कहिले खोला जान्छु, कहिले खेतबारीतिर जान्छु,” एक विद्यार्थीले दुखेसो सुनाए। शौचालय नहुँदा विद्यार्थी मात्र होइन, शिक्षकहरू …

You Missed

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि अध्यक्षको प्रतिबद्धता
बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती आम्दानीको प्रमुख स्रोत बन्दै
बुलिङटार गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह सम्पन्न
शुक्रबार साँझ चट्याङ लाग्दा बुलिङटार र तनहुँको दुई महिला घाइते
बुलिङटार गाउँपालिकाको  आयोजनामा “कक्षा १-३ मा अध्यापनरत शिक्षकहरूको लागि एकीकृत पाठ्यक्रममा आधारित कस्टमाइज्ड तालिम”सम्पन्न
नेपाल मगर संघ गैंडाकोट नगर समितिकाे २७औं  साधारणसभा

Primary Color

Secondary Color

Layout Mode