बुलिङटार,

नेपाल मगर संघ गैंडाकोट नगर समितिको २७औं साधारणसभा सम्मान भएकाे छ । गैंडाकोट नगरपालिका वडा नं ३ तत्रिबास भुयरथानकाे परिसारमा भएकाे बार्षिक साधारणसभामा समितिका अध्यक्ष दुर्गा  बहादुर पुनकाे अध्यक्षतामा भएकाे सभा नेपाल मगर संघ गण्डकी प्रदेश का काेषाध्यक्ष उत्तम प्रसाद बकावल मगर प्रमुख अतिथिमा साथै नेपाल मगर संघ नवलपुर जिल्लाका उपाध्यक्ष लगायतका विभिन्न अतिथिहरु रहेकाे सभामा एक बर्षा भरिकाे अयविय र कार्यक्रमहरुकाे बारेमा सचिव र काेषाध्यक्ष ले प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि बकावल मगर ले आफ्नो हक र अधिकारका लागि मगरहरु एक जुट भएर जानुपर्ने बताउनु भएकाे थियाे ।