बुलिङटार १९ जेष्ठ । मगर दुत (भाषा) मा समेत पठनपाठन गर्ने गराउने गरी स्थानीय विषयको पाठ्यक्रम तथा कक्षा १ को पाठ्यपुस्तक (मगर र नेपाली भाषामा) लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गाउँपालिका सभा हलमा सम्पन्न गरियो ।
बुलिङटार गाउँपालिकाको आयोजनामा र मगर आदिवासी प्राज्ञिक प्रतिष्ठान काठमाडौंको समन्वयमा बुलिङटार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरको अध्यक्षतमा गाउँ सभा हलमा सम्पन्न भएको थियो ।
यस कार्यक्रमा पालिका भित्रका सबै मा.वि तहको स्कुलका प्रधानाध्यापकहरुको उपस्थिति जनाएका थिए । साथै यस कार्यक्रम बुलिङटार गाउँपालिका जनप्रतिनिधि एवं कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमा मगर जातिको जनसङ्ख्या धेरै भएकोले र प्रदेशमा पनि कामकाजको भाषाको रुपमा रहेको हुनाले सोही अनुसार यस पालिकामा सञ्चालन गरिएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य बुलिङटार गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर थापाले गर्नु भएको थियो । थापाले यस्तै काम र विद्यार्थीको आवश्यकता अनुसार अन्य उदहरणीय कामहरु पनि गर्ने भन्ने कुरा राख्नु भएको थियो ।
साथै अन्तरक्रिया कार्यक्रमको बारेमा ई. दिपेन्द्र सुनारी मगरले दिनु भएको थियो । सोही कार्यक्रममा विभिन्न जातजािहरुको बसोबास रहेको भएता पनि मगर जातिको जनसङ्ख्या धेरै भएकोले र शिक्षा क्षेत्रमा अझै धेरै मगर भाषाले धेरै भूमिका रहेकोले यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
यस कार्यक्रममा भाषा आयोगका निवर्तमान सदस्य मा. अमृत योजाङ तामाङले संविधानमा भाषाको बारेमा के कस्तो छ भन्ने कुरा प्रस्ता गर्नुभएको थियो ।
त्यस पछि नेपाल आदिवासी प्राज्ञिक प्रतिष्ठान काठमाडौं नेपालको संस्थापक अध्यक्ष डा.नर माया थापा मगरले यसको कुन र कति प्रकारको हुन्छ । कसरी लेख्न सकिन्छ भन्ने विषयमा जानकारी दिनुभयो । सोही कार्यक्रममा बुलिङटार गाउँपालिकामा कस्तो भूगोल र जनसंख्याको आधारमा कस्तो पाठ्यक्रम निर्माण गर्ने भन्ने योजना प्रस्तुत गरिएको थियो ।
कार्यक्रमलाई अझै बिशेष बनाउनको लागि बुलिङटार गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख बुद्ध प्रसाद रानाभाटको अथिति र कार्यक्रम सञ्चालन मा.,वि. शिक्षा स्रोत देव बहादुर चितौरेले गरेको थि
यो ।



